Aamsanchar

बटौलीमा माया लाउन आतुर चेतन र जमुना

Author Image
आइतवार, फागुन ८, २०७३

भरत शिवाकोटी,

    [युएई]

 अर्घाखाँची धारापानी – ९ मा पिता जगत बहादुर घर्ती मगर तथा आमा रिमिकला घर्ती मगर को कान्छो छोराको रुपमा जन्मनुभएका चेतन घर्ती लोक दोहोरि क्षेत्रको चिरा परिचित नाम हो भने अर्घाखाँची खन -१ मा पिता पिताम्बर सुनार तथा आमा छमकला सुनार कि माइली सन्तानका रुपमा जन्मनुभएकी जमुना सनम झनै चर्चित नाम हो लोकगित क्षेत्रको | जमुनाले हालसम्म दश दर्जन भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर भरिसकेकी छन |

यिनै दुइ गायक तथा गायिकाले यतिबेला माया लाउने सल्लाहा गर्दै बटौलीमा भेट भएर मनको कुरा खोल्ने भएका छन | एकअर्काको तारिफ गर्दै माया लाउने सुर कसेका दुवै मन र मुटुमा बसेको मायालाई टुंगोमा पुर्याउन आतुर देखिएका छन तर साँच्चिकै भने होइन | गायक चेतन तथा गायिका जमुनाको स्वरमा स्वरबद्द भएको पछिल्लो पन्चेबाजा गीत ‘’सम्झिदै गरे है’’ युटयुव मार्फत सार्वजनिक गर्दै दुवैले रिलमा मात्र माया लाउन आतुरी देखाएका हुन |

लोकगीत क्षेत्रमा निरन्तर साधना गर्दै सफलता पुर्वक अघि बढिरहेका गायक गायिकाको गीत ‘’सम्झिदै गरे है’’ को निर्देशन मौसम हिमाली ले गरेका छन भने धर्मस्थलि काठमाडौमा कैद गरिएको छायांकन दुर्गा पौडेलको रहेको छ | शब्द, गायक चेतन घर्ती मगर कै रहेको उक्त गितमा लय सागर विरहीको रहेको छ भने रन्जिता गुरुङ र महेन्द्र गौतम ले आकर्षक अभिनय गरेका छन | गीतको उत्पादक तथा वितरक सनम क्रिएसनले गरेको छ |

https://www.youtube.com/shared?ci=NUt6oHCD7h0

 

 

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर