Aamsanchar

नेपाल उद्योग वाणिज्य महासङ्घ कार्यसमिति सदस्यको मत परिणाम सार्वजनिक

Author Image
बिहिवार, चैत ३०, २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनबाट जिल्ला नगर र वस्तुगत कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समूहले वर्चस्व जमाएको छ। कुल १८ जना सदस्य निर्वाचित हुने यो समुहमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।

जिल्ल नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यबसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालको टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

अञ्जनकुमार टिमबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उमेशलालकै बढी छन् । जसमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।

बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा। सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् ।

अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।

सबै व्यक्ति आफ्नो हुन सक्दैनन । सबैलाई आफ्नो र रिझाउन सकिदैन र रिझाउने कोशिस पनि गर्नु हुदैन । गलत नियतले गरेको प्रश्नको जवाफ पनि अलि कडै हुन्छ सहन सक्नु पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर