

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीका स्थानीयले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएको छ ।

जात्रामा सयौं ले सिन्दुर एक आपसमा लगाएका छन् ।




आज मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।

बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट सिया जात्रा सुरु भएको थियो ।
Views: 129

