Aamsanchar

सङ्कटा र एपीएफ तथा सातदोबाटो र पुलिस क्लब खेल्दै

Author Image
आइतवार, वैशाख ३, २०८०

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । सङ्कटा ८ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा छ । समान खेलमा एपीएफ ११ अङ्ककासाथ नवौँ स्थानमा छ । आज हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब बेलुका ६ बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।

सातदोबाटो ८ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा छ । समान खेलमा पुलिस ४ अङ्ककासाथ पुछारमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर