

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
यसदिन छापावाल सुन तोलामा एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Views: 160


