Aamsanchar

सुरुंगामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव हुने 

Author Image
शुक्रवार, वैशाख ८, २०८०

सुरुंगा । झापाको कनकाई नगरपालिका –३ सुरुंगामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव आयोजना हुने भएको छ ।

होटल व्यवसायी संघ जिल्ला समिति झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको सह आयोजनामा महोत्सव आयोजना हुने आज ९शुक्रबार० सुरुंगा स्थित होटल डिलाइट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

यही बैशाख ११ गते देखि २३ गते सम्म सुरुंगा मुख्य राजमार्ग उत्तर कृषि बजार परिसरमा महोत्सवको तयारी गरिएको हो ।

नेपालमै राजनीतिक बन्द निषेधित क्षेत्रको रुपमा परिचित कनकाई नगर पर्यटनको हिसाबले पनि विषेश महत्व बोकेको ठाउँमा पर्छ ।  धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलहरू कोटीहोम, जगन पाण्डे दरवार क्षेत्र, धनुस्कोटी धाम लगायतका स्थलहरूको प्रचार पनि गरिने छ । होटल व्यवसायी संघले हरेक वर्ष कार्यक्रम तालिका बनाएर महोत्सव आयोजना गर्न सुरु गरेको छ । गत वर्ष बिर्तामोडमा महोत्सव आयोजना भएको थियो, यस वर्ष सुरुंगामा हुने छ, आगामी हरेक वर्ष जिल्लाका विभिन्न स्थलमा महोत्सव आयोजना गर्ने लक्ष्य रहेको महोत्सव संयोजक, होटल व्यवसायी संघ झापाका सचिव ख्याम ओलीले बताए ।

महोत्सवमा स्वदेशी तथा विदेशी परिकार र स्थानीय जातजातिका मौलिक परिकारहरू महोत्सवमा उपलब्ध हुने र त्यसका लागि ३० भन्दा धेरै खाना (परिकार) का स्टलहरू रहने आयोजकले जनाएको छ ।

३० लाख लागत अनुमान गरिएको महोत्सवमा सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम पनि रहने बताइएको छ । स्थानीय जातजातको लोक कला संस्कृति, आधुनिक, पप र र्याप गीत संगीत पनि प्रस्तुत हुने आयोजक संस्थाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन । उनले भनिन ‘चौतर्फी व्यवसायमा देखिएको आर्थिक तरलता त्यसमा होटल व्यवसायमा प्रत्यक्ष देखा परेको छ,  होटल व्यवसायलाई आर्थिक रुपमा चलायमान गर्न र संघको निर्माणधीन भवनलाई निरन्तरता दिने उद्देश्यमा साथ होटल व्यवसायी संघ झापाले दोस्रो महोत्सव आयोजना गर्ने तयारी गरेको हो ।’

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१