Aamsanchar

वास्तविक मिटर ब्याजी यो सरकार हो : सांसद शाही

Author Image
शुक्रवार, वैशाख ८, २०८०

काठमाडौं । सरकारले मिटर ब्याजी साहुजीहरूलाई कारवाही गर्ने कुरा गरिएको अवस्थामा सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको दावी गरेका छन् । सांसद शाहीले संसद् बैठकमा यस्तो दावी गरेका हुन ।

सभामुख समक्ष आफ्नो कुरा राख्ने क्रममा सांसद शाहीले भने । ‘वास्तविक मिटर ब्याजी यो सरकार हो।’ नेपाल सरकारले विकास बजेटलाई बैंकमा फिक्स डिपोजिट गरेर राखेको छ । राज्यले समयमै खर्च गर्नु पर्ने २ खर्ब ११ अर्ब र निर्माण व्यवसायी र अन्यलाई दिनु पर्ने रकम ३ खर्ब ६२ अर्ब ७७ करोड रुपैयाँ नदिएर व्याज खाई रहेको छ । चालु ८ महिना बितिसक्दा ८.५ प्रतिशत मात्र खर्च गरिएको छ । जानी जानी व्यवसायीलाई सरकारले रकम नदिदा व्यवसायीहरू बैंकको व्याज तिर्न नसकेर मृत्यु वरणको अवस्थामा पुगेका छन् ।’

उनले दोहोर्उदै भनेका छन् वास्तवमा मिटर ब्याजी सरकारनै हो । अहिले सम्म ५१.४६ प्रतिशत चालु, २२.१५ प्रतिशत पुजी र ३७.४१ प्रतिशत व्यवस्थापन खर्च भएको छ । यसरी पैसा बैंकमा राखेर विकास निर्माणको काम ठप्प पारिनु हुदैन । बाकी सबै रकम असारमा मात्र खर्च गर्ने नियतले  सरकार ब्याज खाइरहने, मध्य वर्षायाममा निर्माण व्यवसायीले गरेको काम पनि कमसल हुने गरेको छ । अर्को पटक सोही ठाउँमा विकास बजेट छुट्याए व्यवसायी पोस्ने काम सरकारले बन्द गर्नु पर्ने र तत्काल विकास बजेटलाई खर्च गर्नु पर्ने सांसद शाहीको धारणा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर