Aamsanchar

सुनको भाउ ह्वात्तै बढ्याे

Author Image
बुधवार, वैशाख २०, २०८०

काठमाण्डाै – सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, फागुन २६, २०८२
सुनको मूल्य घट्यो
सोमवार, फागुन २५, २०८२