काठमाडौं : नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला १२ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।
हिजो छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो। छापावाला सुन दुई दिनमा ३ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
यो हालसम्म कै उच्च हो। यसअघि चैत २२ गते छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ। तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो।
आज चाँदी भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। हिजो प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।