Aamsanchar

आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित एक जना पक्राउ

Author Image
शुक्रवार, वैशाख २२, २०८०


सुनसरी- सुनसरीको ईटहरी उप-महानगरपालिका १ आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैँया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए । घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर