Aamsanchar

सडकमा नाचेर विराटनगरमा आदिवासीले मनाए उभौली

Author Image
शुक्रवार, वैशाख २२, २०८०

विराटनगर : किराँतहरुको महान पर्व उभौली विराटनगरमा बसोबास गर्ने राई, लिम्बू र याख्खा जातिहरुले सडकमा  मनाएका छन्।

किराँत याक्थुङ चुम्लुङ,  किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन्।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै पहिचान पक्षधर सडक  आन्दोलनमा छन्।

सधैँ जस्तो हुँदो हो त किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ र याख्खा छुम्मा आ-आफ्नो आस्थाका कुल देवतालाई पूजा आराधना गरेर मनाउने भए पनि यो वर्ष भने प्रदेशले कोशी नाम पाएसँगै त्यसको विरोधमा सडकमा उभौली पर्व मनाउन बाध्य बनेको आयोजकले जनाएको छ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर