Aamsanchar

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Author Image
शुक्रवार, वैशाख २२, २०८०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए। केही दिनअघि भएको भेटमा लामिछानेले साविककै मन्त्रालय दिएमात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए।

Views: 84

प्रतिक्रिया (०)