Aamsanchar

स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

Author Image
सोमवार, वैशाख २५, २०८०

काठमाडौं – स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आरजु देउवानिकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिनुभएको हो ।सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थाल्नुभएको हो । त्यसयता उहाँले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर