Aamsanchar

सुनको मूल्य आज

Author Image
बुधवार, वैशाख २७, २०८०

काठमाडौं : सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख  ११ हजार ६०० रुपैयाँ पुगेको हो।

तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० पुगेको छ। अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख ११ हजार २ सयमा कारोबार भएको  थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२