हैदराबाद : इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितका लागि हैदराबादले दिएको १८३ रनको लक्ष्य लखनउले चार बलअगावै ३ विकट गुमाएर भेटायो।
लखनउको जितमा प्रेरक मांकडले अविजित रहँदै सर्वाधिक ६४ रनको योगदान गरे। निकोलस पुरणले अविजित ४४ तथा मार्कस स्टोइनिसले ४० रन जोडे।
जितसँगै लखनउ १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। त्यसअघि राजीव गान्धी अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित ओभरमा ६ विकेट गसमाएर १८२ रन बनाएको थियो। हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक ४७, अब्दुल समादले अविजित ३७ तथा अनमोलप्रीत सिंहले ३६ रन जोडे।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 92