

काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन गरेको छ। आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्नेछन्।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ।


Views: 150

