Aamsanchar

सामूहिक जबरजस्ती करणी मुद्दामा फरार तुलसीपुरका एक व्यक्ति पक्राउ 

Author Image
बुधवार, जेठ ३, २०८०

दाङ । सामूहिक जबरजस्ती करणी मुद्दामा फरार बनेको एक व्यक्ति पक्राउ परेका छन् ।  दाङ जिल्ला तुलसीपुर उप–महानगरपालिका–६ बस्ने वर्ष ३१ को सुनिल वली पक्राउ परेका हुन ।

सर्वोच्च अदालत काठमाडौँले २०७९ जेठ १९ गते  सामूहिक जबरजस्ती  करणी मुद्दा अन्तरगत १६ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।  मुद्धा पछि फरार रहेका वलीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले आज (बुधवार) उनकै घरबाट पक्राउ गरेको छ ।

वलीलाई आजै सजाय भुक्तानीको लागि दाङ कारागार पठाइएको  प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर