Aamsanchar

देशभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण

Author Image
बिहिवार, जेठ ४, २०८०

काठमाडौं – देशभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिहीबार १५ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८८ जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर