काठमाण्डाै – मिथिलाञ्चलमा आज बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ ।
जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ । नवविवाहिता महिलाले पहिलो बरसाइत अर्थात् बिहेपछि आउने पहिलो पर्व श्रीमानकाे घरमा मनाउनुपर्छ ।
यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्छन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 280