Aamsanchar

 राष्ट्रिय स्वतन्त्र पार्टीले बिर्तामोडमा सभा गर्ने 

Author Image
शुक्रवार, जेठ ५, २०८०

बिर्तामोड । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको बिर्तामोडमा अधिबेशन गर्ने भएको छ । रास्वपाले जेष्ठ ६ गते शनिबार दिउसो २ बजेदेखि बिर्तामोड पूर्व सिटी सेन्टरमा सभा गर्ने भएको हो ।

संगठन बिस्तारमा लागेको रास्वपाले झापाका १५ वटै पालिकामा संगठन बिस्तार तथा प्रशिक्षण सम्पन्न गरिसकेको झापा जिल्ला सभापति उमेश खरेलले जानकारी दिए। आगामी रणनीति र पार्टीको कार्यदिशाका बिषयमा प्रशिक्षण तथा बिर्तामोड सभा गर्नका लागि केन्द्रीय सदस्य सहित संघीय सांसद झापा आउने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा महामन्त्री डा. मुकुल ढकाल, सांसद डा. तोसिमा कार्की, निशा डाँगी, मनिश झा र केन्द्रीय सदस्य रमेश प्रसाईलगायतले सम्बोधन गर्ने सभापति खरेलले जानकारी दिए ।

Views: 48

प्रतिक्रिया (०)