

दाङ – दाङ प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् ।

चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो ।

त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई हिजाे प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

Views: 92

