Aamsanchar

प्लेअफमा लखनउ सुपरजाइन्ट

Author Image
आइतवार, जेठ ७, २०८०

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले कोलकोता नाइटराइडर्सलाई १ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको १७७ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १७५ रन बनाए पछि खेल लखनउले १ रनले जितेको थियो ।

कोलकोताका लागि रिंकु सिंहले ३३ बलमा अविजित ६७ रन बनाएका थिए भने जासन रोयले ४५ रन बनाए । त्यस्तै वेंकटेस अय्यरले २४ रन बनाए । त्यसैगरी लखनउका बलर यश ठाकुर र रवि विश्नोईले २(२ विकेट लिए भने क्रुनाल पाण्डेय र कृष्नाप्पा गोथमले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

लखनउका लागि निकोलस पुरनले सर्बाधिक ५८ रन बनाए भने क्वेंटन डिककले २८, प्रेरक कंकडले २६, आयुष बदानीले २५ रन बनाएका थिए ।

त्यसैगरी वैभव अरोरा, श्रदुल ठाकुर र सुनिल नारानले २(२ विकेट लिए भने हर्षित राना र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।

यो जितपछि लखनउ आइपिएलको प्लेअफमा पुगेको छ । लखनउको १४ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म लखनउसहित गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स प्लेअफमा पुगेका छन् ।

त्यस्तै यो हारपछि कोलकोता नाइटराइडर्स भने प्लेअफबाट बाहिरिएको छ । कोलकोतासँगै पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्लेअफको दौडबाट बाहिरिएका छन् ।

त्यसैगरी प्लेअफको एक स्थानमा अब रियल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्स मध्ये एक पुग्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर