

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा १ लाख १० हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले भाउ घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर आज १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।

Views: 118

