Aamsanchar

इलामका किसानले अदुवाको उचित मूल्य पाएनन्

Author Image
मङ्गलवार, जेठ ९, २०८०

इलाम । इलामको पश्चिमी भेगमा व्यावसायीक रुपमा अदुवा खेती हुदै आएको छ । तर, बजारीकरणका लागि स्थानीय सरकारले ध्यान नदिंदा किसानले अदुवाको उचित मूल्य भने हात पार्न सकेका छैनन ।

अदुवा मसलाको रुपमा प्रयोग हुन्छ । नेपालमै अदुवा उत्पादनमा इलामको नाम अगाडी छ । यहाँ उत्पादित अदुवा भारत निकासी हुन्छ । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकामा अहिलेपनि हरेक किसानको बारीमा अदुवा खेती हुन्छ ।

आम्दानीको मुख्य श्रोत अदुवा उत्पादनमा अहिले फाकफोकथुम पहिलो स्थानमा नै आउँछ । अदुवाको उत्पादन राम्रो भएपनि किसानका हातमा श्रम अनुसारको मूल्य पुग्न सकेको छैन । नेपालमा संकलन मात्रै हुने र भारत निकासी हुने हुँदा किसानले राम्रो मूल्य नपाएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो ।

नेपाली अदुवाको मूल्य भारतीय बजारमा निर्भर छ । त्यसमा पनि फाकफोकथुमबाट झापाका बजार जोड्ने सडक कच्चि छन् । जसले गर्दा किसानको हातमा भारतीय व्यवसायीले तोकेको मुल्य पनि पुग्दैन । फाकफोकबाट झापाका बजार पुर्‍याएको ढुवानी खर्च नै बढी हुन्छ । जसले गर्दा किसानले बजारमा तोकिएको मूल्य समेत पाउँदैनन् । फाकफोकथुम पालिका भित्रका किसानले आफ्नो मुख्य आम्दानीको श्रोत बनाएपनि मूल्य कम पाउने गरेको गुनासो छ ।

फाकफोकथुम भित्र उत्पादन हुने अदुवा स्थानीय व्यवसायीबाट संकलन हुन्छ । यहाँ संकलन भएको अदुवा झापाका बजारमा पुर्‍याइन्छ । झापाबाट काकरभिट्टा नाका हुँदै अदुवा भारत निकासी हुने गरेको छ । अदुवाको मुल्य प्रतिमन (४० किलो) अहिले २ हजार रुपैयाँ छ । सिजनको सुरुमा अदुवा प्रतिमन १ हजार रुपैयाँमा खरिद बिक्रि हुँदै आएको थियो ।

सरकारले अदुवाको उचित बजारीकरण गरीदिने हो भने इलाम अदुवाबाट आत्मर्निभर हुने थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर