Aamsanchar

ताप्लेजुङमा एक घरमा आगलागी : ४० लाख रुपैयाँ बराबरकाे क्षति

Author Image
शनिवार, जेठ १३, २०८०

ताप्लेजुङ – ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।

शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर