

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

आज दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–० गोलले हराएको हो । एपीएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एक/एक गोल गरे ।

बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

जितसँगै एपीएफको २२ खेलमा २९ अङ्क भएको छ । समान खेलमा जावलाखेलको ३४ अङ्क छ ।
Views: 103

