Aamsanchar

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

Author Image
आइतवार, जेठ १४, २०८०

काठमाडौं : सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर