

काठमाडौँ । सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसका लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।

यसअघि धरानमा मेयर हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने भन्दै सोही एजेण्डाको बलमा स्थानीय चुनाव जितेका थिए । उनले आफ्नो अभियानमा साथ दिन संघीय सरकारमार्फत बजेट माग्दै आएकामा सरकारले बजेटमै व्यवस्था गरेको हो ।
Views: 201

