Aamsanchar

सँगै सुतेका एकै घरका दुई बालकको मृत्यु

Author Image
मङ्गलवार, जेठ १६, २०८०

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका-१ भलुवाहीमा एकै घरका दुई बालकको मृत्यु भएको छ। स्थानीय शिक्षक ध्रुव निसान पहाडीका अनुसार गणेश पहाडीका छोराहरू ७ वर्षीय कृष पहाडी र १३ वर्षीय गृष पहाडीको मृत्यु भएको हो।

मृत्युको एकिन कारण आउन बाँकी भएपनि उनीहरुलाई सर्पले डसेको हुन सक्ने अनुमान गरिएको छ।

गयराति सँगै सुतेका दाजुभाई बिहान बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो। तर त्यहाँबाट बर्दिवास सर्पदंशमा रिफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि जनकपुरमा लगिएको थियो।  जनकपुरको अस्पतालले दुबै जनाको मंगलबार मृत्यु भएको घोषणा गरेको शिक्षक पहाडीले जानकारी दिए।

Views: 110

प्रतिक्रिया (०)