Aamsanchar

झापामा नेपाल युवा उद्यमी मञ्च गठन, अध्यक्षमा बस्नेत

Author Image
मङ्गलवार, जेठ १६, २०८०

बिर्तामोड । झापामा नेपाल युवा उद्यमी मञ्च स्थापना भएको छ ।
आज (मंगलबार) बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर झापाली युवा व्यवसायीहरूको छाता संगठन नेपाल युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना भएको हो ।

बिर्तामोडका युवा व्यवसायी प्रवेश बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला तदर्थ समिति  गठन भएको छ ।

नव गठित समितिमा प्रथम उपाध्यक्ष डा। रूपेश बेलबासे, दोस्रो उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईँ, कोषाध्यक्ष मालास सिलवाल रहेका छन् । त्यसैगरी मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तिकरण चियर प्रियङ्का शर्मा, मिडिया चियर मिजास पोखरेल, इनटरनेशनल चियर डा। आशिष शर्मा,  एलाइन्स चियर निरज प्रसाईँ, लडनिङ चियर उत्सव उप्रेती रहेका छन्  । झापा शाखामा हाल ३७ जना युवा उद्यमीहरू आवद्ध रहेको अध्यक्ष प्रवेश बस्नेतले आमसंचारलाई बताए ।

सन् २००३ मा स्थापना भएको मञ्चमा देश भरिमा ११ वटा शाखा रहेका छन् । काठमाडौं, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगन्ज, जनकपुर, विराटनगर, सुनसरी देखि हाल १२ औं कान्छो शाखाको रुपमा झापा शाखा स्थापना भएको हो ।  सञ्चमा देशभरीबाट ८ सय भन्दा धेरै युवा उद्यमीहरू आवद्ध भइसकेका छन् ।

नेपाल युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च (SYFE) र विश्व युवा उद्यमी मञ्च (WYEF) को संस्थापक सदस्य हो । त्यसैगरी Commonwealth Asia alliance of young entrepreneurs (CAAYE)को पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा प्रवर्दक  संस्था भएको जनाइएको छ ।

मञ्चमा आवद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आवद्ध हुन सक्ने प्रावधान रहेको छ । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको दोस्रो उपाध्यक्ष गणेश पौडेलले बताए ।

मञ्च गठन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद द्वय मनिस झा, हरि ढकाल, नेपाल उद्यमी मञ्च केन्द्रिय अध्यक्ष  रितेश लामिछाने, उद्योगी टिकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महिला उद्यमी सुष्मा भण्डारी, सहारा जोशीलगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन महिला सशक्तिकरण चियर प्रियङ्का शर्माले गरेकी थिइन ।

कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, व्यवसायीहरू बिनोद बस्नेत, उमेश डालमिया, दिपेश ढकाल, श्री अरिदमन गण चारआलीका गणपति इमेश मेयर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर