घामको बिकिरण खतरनाक
बेलायतको अखबार ‘डेली मेल’ले एउटा रिपोर्ट प्रकासित गरेको छ, जसमा सूर्यको सोझो किरणको प्रभाव कति हानिकारक हुन्छ भन्ने तथ्य उल्लेख छ । उक्त खबर अनुसार घामको सोझो प्रभावले छालालाई रुखो र बुढो बनाउँछ । घामको किरणले हाम्रो छालालाई सामान्यभन्दा सात बर्ष बुढो बनाइदिने दावी गरिएको छ । साथै छालामा दाग, धब्बा आउने, चाहुरी पर्ने जस्ता समस्या पनि हुन्छ ।
केवल १५ मिनेटमा सूर्यको पराबैंगनी किरणले छालाको सौन्दर्यलाई नष्ट गर्छ । हुन त जीवनको अस्तित्वको लागि घाम नभई हुँदैन । तर, पराबैंगनी किरण भने स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यसले छालामा क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।
घामको सोझो प्रभावले छाला रुखो हुने, क्यान्सर हुने वा आँखाको दृष्टि कमजोर बनाउन सक्छ ।
अब के गर्ने त ?
भिटामिन डि प्राप्त गर्नका लागि घाममा बस्नुपर्छ । तर, मध्यन्हको चर्को घाममा होइन, बिहान वा साँझको कलिलो घाममा बस्नुपर्छ ।
मध्यन्ह हिँडडुल गर्दा छाता ओड्नुपर्छ । छाताले घामको सोझो किरणको असर केहि हदसम्म रोक्छ । त्यस्तै ह्याट वा क्यापले पनि सामान्य रुपमा घामको किरणको प्रभावलाई रोक्छ ।
अहिले घामको सोझो असरबाट बच्नका लागि सन प्रोटेक्सन क्रिम पनि उपलब्ध छ । यस्ता क्रिमले केहि हदसम्म छालाको सौन्दर्य जोगाउन सहयोग गर्छ ।
गर्मीको समयमा यताउता हिँडडुल गर्दा पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । साथै ह्याट वा क्याप लगाउनु राम्रो हुन्छ । सन ग्लास पनि निकै उपयोगी हुन्छ । यसले स्टाइलिस देखाउनका साथै आँखा तथा आसपासका छालालाई पनि बचाउँछ ।
सन प्रोटेक्सन क्रिमको प्रयोग
घामको सोझो असरबाट बच्नका लागि हामी सन प्रोटेक्सन क्रिम प्रयोग गर्छौ । बजारमा अनेकथरीका सन प्रोटेक्सन क्रिम पाइन्छ । यस्ता क्रिम हामी जथाभावी प्रयोग गर्छौं । जबकी त्यसमा कुन तापमानमा कुन मात्राको सन प्रोटेक्सन क्रिम प्रयोग गर्ने भनेर उल्लेख गरिएको हुन्छ । सन प्रोटेक्सन फ्याक्टर ९एसपिएफ० भनेर त्यसको मात्रा लेखिएको हुन्छ ।
सन प्रोटेक्सन क्रिम प्रयोग गर्ने विधी पनि थाहा हुनुपर्छ । खासगरी घरबाट निस्कनुअघि ९३० मिनेट अघि० सन प्रोटेक्सन क्रिम राम्ररी लगाउनुपर्छ । दिउँसोको पसिनामा यो पखालिन्छ । त्यसैले दिनमा केहि पटक यसको प्रयोग गर्नुपर्छ । साँझ घर फर्केपछि भने सफा पानीले पखाल्नुपर्छ ।