Aamsanchar

घोराहीका शिक्षकलाई पाँच दिने आइसिटी तालिम दिन शुरु

Author Image
शुक्रवार, जेठ २६, २०८०

दाङ । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा उपमहानगरपालिकाभित्रका विषयगत शिक्षकहरूका लागि आईसीटी तालिम दिन शुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आधारभूत र माध्यमिक तहमा अंग्रेजी र सामाजिक विषय अध्यापन गराउने शिक्षकहरूलाई आज शुक्रबारदेखि ५ दिने तालिम दिन शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षकको ज्ञान र सीपलाई समय सापेक्ष बनाउनका लागि तालिम दिन थालिएको बताउनुभयो । शिक्षक भनेको शिक्षा विकासको साधन भएको भन्दै उहाले शिक्षालाई प्रभावकारी बनाउन शिक्षकलाई सीप र प्रविधिमैत्री बनाउन जरुरी भएको बताउनुभयो । शिक्षकलाई समाजले ज्ञानको खानीका रुपमा बुझेको भन्दै उहाँले त्यसलाई अझ बढी प्रभावकारी बनाएर विद्यार्थीको बिचमा लैजाने जिम्मा पनि शिक्षकको भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षक दक्ष र अनुशासित भएपनि विद्यालयको व्यवस्थापन पक्ष सबल नहुदाँ सोचे जस्तो उपलब्धि हासिल हुन नसेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख हुमाकुमारी डिसीले शिक्षण सिकाइ कार्यलाई रोचक र प्रभावकारी बनाउनका लागि पनि अव प्रविधिमैत्री सिकाइ आवश्यक परेको बताउनुभयो । उहाँले सिकाईलाई दिगो र प्रभावकारी बनाउनका लागि अव प्रविधिमैत्री सिकाइ प्रक्रिया थालिएको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले अव शिक्षालाई फिजिकलबाट डिभिटल बनाउने गरी उपमहानगरपालिकाले शिक्षकको क्षमता विकासमा लागि परेको बताउनुभयो । समयको परिवर्तनसँगै विद्यालयमा सिकाउने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी परेको भन्दै उहाँले अव शिक्षकले कक्षागत प्रस्तुतीको परम्परागत ढाँचा फेर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक बसन्त चौधरीलाई शिक्षकलाई नयाँ प्रविधिबारेमा सीप सिकाएर सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनका लागि कार्यक्रमले सहयोग गरिरहेको बताउनुभयो ।
घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख बिनोद गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक विकास महाशाखाका बिपना बर्तौलाले गर्नु भएको थियो । तालिममा ८० जना बढि शिक्षकहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर