Aamsanchar

महाकाली किनारमा एक पुरूषकाे शव सडेकाे अवस्थामा फेला

Author Image
शनिवार, जेठ २७, २०८०

बैतडी – जिल्लास्थित महाकाली किनारमा   एक पुरूषकाे सडेकाे अवस्थामा शव फेला परेकाे छ।  जिल्लाको शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक   महाकाली नदीको किनारमा पहिचान हुन नसकेकाे  अन्दाजी ३५ वर्षीय पुरूषकाे  शव फेला परेको  हाे।

स्थानीय बासिन्दाकाे शव देखेपछि प्रहरीलाई खबर गरेपछि बैतडीका प्रहरी, प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ।

कालो पाइन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको पुरूषकाे  सडेको अवस्थामा शव फेला परेकाे हाे।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर