Aamsanchar

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्याे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि

Author Image
आइतवार, जेठ २८, २०८०

काठमाण्डाै – भारतलाई हराउँदै अस्ट्रेलियाले दाेस्राे संस्करणकाे विश्व टेस्ट च्याम्पियनशिपकाे उपाधि जितेकाे छ ।

बेलायतकाे ओभलमा भएकाे फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेकाे हाे । फाइनल जित्न चार सय ४४ रनकाे लक्ष्य पछ्याएकाे भारत २ सय ३४ रनमा अलआउट भयाे । भारतका विराट काेहलीले ४९, अजिन्क्या रहाणेले ४६ र राेहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका स्कट बाेल्यान्ड र नाथन लायनले ३/३ विकेट लिए ।

याे हारसँगै भारत फेरि उपविजेता भएकाे छ । यसअघि सन् २०२१ मा भएको पहिलाे संस्करणकाे फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर