Aamsanchar

संखुवासभाको सभापोखरीमा गोठ बगाउँदा २ जना बेपत्ता

Author Image
आइतवार, असार ३, २०८०

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा –३ मा सुनाम्लामा बाढीले गोठ बगाउँदा दुई जना बेपत्ता भएका छन्।

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ताको पहिचान खुल्न नसकेको प्रहरी उपरीक्षक गोदारले बताए। घटना स्थलमा बाह्रबिसे प्रहरी चौकी बाट प्रहरी टोली खटाइएको छ। बाढीले पशु चौपाया समेत बगाएको प्रहरीले जनाएको छ।

गएरातिको बाढीले चैनपुर नगरपालिका –१ मा ८ वटा  पशु चौपाया बगाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Views: 172

प्रतिक्रिया (०)