Aamsanchar

नाै वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर हत्या गर्ने एक जनालाई आजीवन कैदको फैसला

Author Image
आइतवार, असार ३, २०८०

बारा – बारामा ९ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेर हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका–७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाएको हो । आदर्शकोतवाल गाउँपालिका–७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीय बालिकालाई ललाईफकाई कुखुरा फर्ममा बोलाएर सन्तोष साह कानुनले २०७८ पुस २५ गते जबरजस्ती करणी गरेर हत्या गरेका थिए ।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर