

झापा : झापामा एक कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ।

आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए।

लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल बिताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको थियो।

Views: 279

