Aamsanchar

बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थाल्याे

Author Image
सोमवार, असार ४, २०८०

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ ।

कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् । गत वर्ष ३० रुपैयाँसम्म बिक्री भएको बन्दा यसवर्ष ३ रुपैयाँमा पनि बिक्री नहुँदा यहाँका कृषक चिन्तित बनेका छन् । राम्रो मूल्य हुँदा बारीबाटै व्यापारीले लैजाने गरेको बन्दा यतिबेला बोटमै कुहिन थालेको छ ।

अहिलको मूल्यले आफ्नो श्रम पसिनाको त कुरै भएन खेतालाको ज्याला पनि नउठेको छथर जोरपाटी गाउँपालिका– ६ का हिक्मत बहादुर कार्कीले बताउनु भयो । स्थानीय सरकारले कृषकलाई बिउ, कृषि उपकरण, मिनीटेलर, प्लाष्टिक टनेल आदि सहयोग गर्दै आएको र तरकारी फस्टाएको भएपनि मूल्य नपाएर आम्दानी शुन्य भएकाले नेपाल सरकारले बजार व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर