Aamsanchar

२ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो खेलाडी बने क्रिस्टियानो रोनाल्डो

Author Image
बुधवार, असार ६, २०८०

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन्। युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन्। साथै उनले समूह ‘जे’ अन्तर्गत भएको खेलमा निर्णायक गोलसमेत गरे।

आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेका हुन्।

३८ वर्षीय रोनाल्डोले गोन्सालो इनासियोको हेडरमार्फत आएको बलमा गोल गर्दै डेडलक तोडे। उक्त गोल सुरुमा अफसाइड दाबी गरिए पनि पछि त्यसलाई भिडियो रेफ्रीले मान्यता दिएको थियो। साथै उनको कीर्तिमानी गोल संख्या १ सय २३ पुगेको छ।

साउदी प्रो–लिग अल नासरमा व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले गत मार्चमा कुवेती फवार्ड अल मुतवाको १ सस ९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान भंग गरेका थिए। उनले खेलपछि यो अविश्वसनीय उपलब्धी भएको प्रतिक्रिया दिए। यस्तो कीर्तिमानी खेलमा निर्णायक गोल अझ विशेष रहेको उनको भनाइ छ।

रोनाल्डो विगत २० वर्षदेखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। उनले राष्ट्रिय टिमबाट सन् २००३ मा डेब्यु गरेका थिए । स्पोर्टिङ लिस्बोन, म्यान्चेस्टर युनाइटेड, रियाल मड्रिड तथा युभेन्टसका पूर्व खेलाडी रोनाल्डो एसियाली लिगमा आएपनि उनी अहिलेसम्म राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् । उनको युरो छनोटमा यो पाँचौँ गोल हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर