Aamsanchar

२० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्ति कारागार चलान

Author Image
बिहिवार, असार ७, २०८०

विराटनगर : २० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्।

मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।

अदालतको आदेशबाट पक्राउ परेका विराटनगर-१२ का २१ बर्से राजकुमार कामत, सोही ठाउँका १९ बर्से विवेक कामत र २२ बर्से श्रीकान्त दास कारागार चलान भएको मोरङ जिल्ला अदालतले जनाएको छ।

३ जेठमा विराटनगर महानगरपालिका वडा नं. ३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख रुपैयाँ) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख रुपैयाँ) गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए।

सुन चाँदी चोरेको एक सातापछि ११ जेठमा विराटनगर-३ बाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्रामसहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धान पूरा गरेपछि मङ्गलबार मोरङ जिल्ला अदालतमा अभियोग पेस भएको थियो।

Views: 169

प्रतिक्रिया (०)