Aamsanchar

नेपालको पाँचौं विकेट गुम्यो, कुशल मल्ल १२ रनमा आउट

Author Image
शनिवार, असार ९, २०८०

काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध भिडिरहेको नेपालले लगातार विकेट गुमाएको छ ।

एक सय रन नकटाउँदै नेपालले पाँच विकेट गुमाइसकेको छ । पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन्। १९ बल खेलेका उनी एक छक्कासहित १२ रन बनाएर आउट भए।

यसअघि भीम सार्की २२, कुशल भुर्तेल २७, आरिफ शेख ६ रन र आसिफ शेख शून्यमा आउट भएका थिए।

जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो। समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ ।

Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर