Aamsanchar

काठमाडौं महानगरले लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने

Author Image
आइतवार, असार १०, २०८०

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय समुदायमा उत्पादित लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने घोषणा गरेको छ।

आज (आइतबार) महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आव २०८०/०८१ को बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी व्यवसायीको सहकार्यमा रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने बताएकी हुन्।

‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’उनले भनिन्।

उत्पादन र उपभोगलाई जोड्न अनलाइन इ कर्मस पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको उनले बताइन्।

Views: 252

प्रतिक्रिया (०)