Aamsanchar

काठमाडौंकाे भोटेबहालमा इनारमा डुबेको अवस्थामा झापाका एकसहित दुई युवक मृत भेटिए

Author Image
सोमवार, असार ११, २०८०

प्रतिकात्मक तस्बिर

काठमाडौं- भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका  २२ वर्षीय जितेश गुरूङ रहेका छन्।

एसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालले जानकारी दिए।

 

पछि  उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

एसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।  इनार गहिरो भएको र अप्ठ्यारो भएका कारण पनि शव निकाल्न समय लागेको उनले बताए।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर