Aamsanchar

नेपाली बजारमा सुन–चाँदीको मूल्य

Author Image
मङ्गलवार, असार १२, २०८०

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई सय रुपैयाँले नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै, सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ कारोबार भइरहेको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२