Aamsanchar

चीनमा पहिरोमा परी ७ जनाकाे मृत्यु

Author Image
मङ्गलवार, असार १२, २०८०

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ।

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मङ्गलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन्।

Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर