Aamsanchar

बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Author Image
मङ्गलवार, असार १२, २०८०

काठमाडौं : काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु आज बिहान ८:३० बजे फेला परेको थियो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर