Aamsanchar

हेवा खोलामा बाढी आउँदा डाइभर्सन र बाँसकाे फड्केमा क्षति, आवतजावत ठप्प

Author Image
बिहिवार, असार १४, २०८०

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवा खोलामा बाढी आउँदा डाइभर्सन र बाँसकाे फड्केमा क्षति पुगेकाे छ ।

गएराति वर्षापछि आएकाे बाढीले डाइभर्सन र बाँसकाे फड्केमा क्षति पुर्याएकाे हाे ।  बाढीले असर पुर्याएपछि फड्केबाट भइरहेकाे आवतजावत ठप्प छ भने पानीको सतहले डाइभर्सन पार गरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डमा पुनः यातायात बन्द भएकाे छ ।

असार २ शनिवार आएकाे बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको माेटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि फड्के पुल निर्माण गरिएकाे थियाे । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा असार ९ गते शनिवार बाँसकाे फड्के बनाइएकाे थियाे ।

यस्तै, खाेलाकाे सतह बढेपछि गाडी आवतजावतका लागि म‌ङ्गलवार अस्ति ह्युप पाइपमार्फत् पानी तर्काएर डाइभर्सन बनाइएकाे थियाे ।

डाइभर्सन बगाएपछि पाँचथरको फिदिम नगरपालिकासँग हिलिहाङ, याङवरक र ताप्लेजुङ जिल्लाको सडक सम्पर्क फेरि टुटेको छ । यसअघि पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य भने असार ४ गतेदेखि भइरहेको छ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर