Aamsanchar

नीरबिरालो मृत अवस्थामा फेला

Author Image
बिहिवार, असार १४, २०८०

दोलखा : भिमेश्वर नगरपालिका-३ गौतमटोल तीनधारा अगाडि लोपोन्मुख वन्यजन्तु नीरबिरालो मृत अवस्थामा फेला परेको छ।

खोरथली सामुदायिक वननजिकै चरिकोट–दोलखा सडक खण्डमा बुधबार साँझ ७:३० बजे मृत अवस्थामा पोथी नीरबिरालो फेला परेको हो।

सडकमा मृत अवस्थामा नीरबिरालो फेला परेपछि स्थानीयले वन कार्यालयमा जानकारी गराएका थिए। बाटो काट्ने क्रममा गाडीको ठक्करले नीरबिरालोको मृत्यु भएको डिभिजन वन कार्यालय दोलखाका रेन्जर गुप्तबहादुर बस्नेतले बताए। भीमेश्वर नगरपालिकाको खोरथली वनमा ६ महिनाअघि पनि भाले नीरबिरालो मृत फेला परेको थियो।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर