Aamsanchar

सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक जनाको मृत्यु

Author Image
शुक्रवार, असार १५, २०८०

झापा :  सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ स्थित सैनिक मोड निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे ७ बजे  घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर