Aamsanchar

दुम्सी मार्न गएका १९ बर्षिय युवककाे भरुवा बन्दुक पड्किएर ज्यान गयाे

Author Image
सोमवार, असार १८, २०८०

भाेजपुर – भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको  छ ।

मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राई रहेका छन् ।

भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर